शेरचन प्रभु बैंकको सीईओमा पुनः नियुक्त

काठमाडाैं | माघ १३, २०७९

शेरचन प्रभु बैंकको सीईओमा पुनः नियुक्त

काठमाडौं:   प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आशोक शेरचन नियुक्त भएका छन् । शेरचन यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन् । 


बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले जनाए । ‘सेञ्चुरी कमर्सियल बैंक गाभिने क्रममा शेरचन नै सीईओ हुने सहमति भएको थियो,’ उनले भने, ‘बैंकका विभिन्न सूचक तथा विवरणको समीक्षासहित उनलाई पुनः चारवर्षे कार्यकालका लागि पुनः नियुक्त गरिएको हो ।’ यसअघि उनी ०७५ माघमा सीईओ नियुक्त भएका थिए ।


नवनियुक्त सीईओ शेरचनले ग्राहक, सेयरधनी र अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘मर्जर भएपछि कर्मचारीहरुबीचको समन्वय, कर्जाको गुणस्तरमा ध्यान, रिकभरीलाई प्राथमिकता, डिजिटल बैंकिङलाई जोड र राष्ट्र बैंकका नीति नियमअनुसार समन्वयसाथ काम गर्नेछु,’ उनले भने, ‘ग्राहकलाई उत्कृष्ट सेवा, अर्थतन्त्रमा योगदान पुर्‍याउने र सेयरधनीलाई उचित प्रतिफल दिने गरी म अघि बढ्नेछु ।’

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्